
काठमाडौं । बैंक अफ काठमाण्डूले हेल्पलाइन सेवा सुरु गरेको छ ।
ग्राहकलाई बैंकिङ्ग कारोबारमा सहजता र डिजिटल सेवा तथा सुविधाको जानकारी दिन हेल्पलाइन स्थापना गरेको हो ।
हेल्पलाइन सेवाअन्र्तगत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको जिज्ञासाबारे फोन वा इमेलबाट सहयोग लिन सकिने बैंकले जनाएको छ ।
बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम कारोबारमा केहि समस्या आएमा ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected] बाट सिधै सहयोग लिन सक्नेछन् ।
हालसम्म बैंकले ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्