२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बैतडीमा सर्वसम्मत उम्मेदवार छान्दै कांग्रेस, पञ्चेश्वरमा भण्डारी पक्का


65
Shares

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले सर्वसम्मत रूपमा उम्मेदवार छानिरहेको छ ।

कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रिय सभापति शिवराज भट्टले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यसमितिले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको सभापति भट्टले बताउनुभयो । ‘पञ्चेश्वरमा सर्वसम्मत उम्मेदवार छानिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अन्य पालिकामा पनि सर्वसम्मत छान्ने काम भइरहेको छ ।’

नेपाली कांग्रेसको यातायात समन्वय विभागको केन्द्रीय सदस्य रहनुभएका भण्डारीले अध्यक्षको लागि सर्वसम्मत रूपमा निर्णय गरेसँगै चुनावी अभियानलाई तीव्रता दिएको बताउनुभयो ।

अध्यक्ष पदमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अन्य उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवारका लागि छलफल जारी रहेको छ । पञ्चेश्वर गाउँपालिकामा अहिले एमालेको सरकार छ ।

गत स्थानीय तहको निर्वाचनबाट बैतडीका ६ स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।