१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेवि संघ अध्यक्षमा शेर्पा, तरुण दलमा गुरुङ


637
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा दुजाङ शेर्पा चयन हुनुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार रिक्त रहेको संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।

यस्तै बैठकले नेपाल तरुण दलकाे अध्यक्षमा पर्वतका विद्धान गुरुङलाई चयन गरेकाे छ ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।