१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाऊ आदेश, जारी भएन अन्तरिम आदेश


182
Shares

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो ।

कायम मुकायम प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो ।

कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश भने आएन । सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।