१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै


130
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । बुधबार सुरू भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ ।

बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए । बैठकमा प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका बिनोद शाह र सुदुर पश्चिमका दामोदर भण्डारीले आफ्नो प्रदेशको पार्टी सांगठनिक अवस्था र सम्भावित चुनावी नतिजाबारे बैठकलाई जानकारी गराएका थिए । उनीहरुले एमालेप्रति आम नागरिकको आकर्षण बढेकाले स्थानीय तहमा एमालेको बहुमत आउने बताएका थिए ।

बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि बिहीबार केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ ।