
कैलाली । कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णालीले फाइनलको यात्रा तय गरेको हो ।
सुदूरपश्चिमले बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियोे ।
तर, नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ ।
कर्णालीले अब भोली उपाधिका लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्