
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउनुभएको छ ।
आफ्नै निवास बोहराटारमा आज शुक्रबार बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाउनुभएको हो ।
स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाउनुभएको हो । गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बस्नुभएको थियो ।
पौडेलले जिल्ला सभापति भेला राखेर आफ्नो गुट कायमै रहेको सन्देश दिन खोज्नुभएको छ । उहाँले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बेला आफूनिकट दुई नेतालाई उम्मेदवार बनाउनुभएको थियो ।
पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकअघि जिल्ला सभापति भेला राखेका हुन् । शुक्रबार दिउँसो २ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्