
एजेन्सी । बलिउड अभिनेत्री श्रद्वा कपूरको आफ्नो प्रेमी रोहन श्रेष्ठसंग ४ वर्ष लामो सम्बन्ध टुटेको छ ।
उनीहरुको ४ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार श्रद्धा र रोहन दुबैको परिवारबीच पनि राम्रो सम्बन्ध रहेको थियो । तर के कारणले सम्बन्ध बिग्रेको हो भन्ने कुरा बताइएको छैन । यहि मार्च ३ मा भारतको गोवामा मनाइएको श्रद्वा कपूरको जन्मदिनको समारोहमा रोहन सहभागी नभएका पनि भारतीय संचारमाध्यमको दाबी छ । श्रद्धा र रोहनको चाँडै नै बिहे हुने हल्ला चलिरहेका बेला उनीहरुको बिछोड भएको आशंका गरिएको छ । कतिपयले उनीहरूको सम्बन्ध जनवरीदेखि नै बिग्रिदैँ गइरहेको बताउका छन् । उनीहरूले आफूहरू सम्बन्धमा रहेको कहिल्यै सार्वजनिक गरेका थिएनन् । उनीहरू प्रायः डिनर डेटमा सँगै देखिने गरेका थिए । श्रद्धाको परिवारले रोहनलाई निकै मन पराउँथे ।

रोहन भारतीय फिल्म क्षेत्रका सेलीब्रेटी फोटोग्राफर हुन् । उनी भारतीय मुलका नेपाली हुन् । श्रद्धाले बलिउडका धेरै फिल्ममा नायिकाको भूमिका निभाएकी छिन् । उनी अब आउन लागेको फिल्म ‘लब रञ्जन’मा रणवीर कपूरको अपोजिटमा देखिने भएकी छिन् । त्यसैगरि ‘नागिन त्रयीमा’ पनि काम गर्ने भएकी छिन् । पंकज पराशरको ‘चलबाज इन लण्डन’ मा पनि श्रद्वा देखिने भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्