
काठमाडौं । एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीले नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।
पपुवा न्यूगिनीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८,रिले हेकुरेले ३१, जासन किलले १३ र सिमोन अटाइले २ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्