२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


एनआरएनएले आकस्मिक बैठक बोलायो


78
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार नेपाली समय अनुसार आज शुक्रबार राति ९ बजेका लागि बैठक बोलाइएको हो ।

शर्माका अनुसार संघको ८३ औं बैठकमा भोलि शनिबारदेखि सुरू हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ ।

बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ ।