
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।
सपथग्रहणपछि शर्पाले संगठनलाई सशक्त बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेविसंघ अब राजनीतिक मात्र नभइ शैक्षिक मुद्दामा केन्द्रीत हुने बताउनुभयो ।
सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो । उहाँले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निः वर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चले पनि अबको नेतृत्वले युवा अवस्थामै नेतृत्व लिन सफल छौं भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्