
काठमाडौं । मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक, शैक्षिक क्षेत्रको जर्गेना गर्ने उद्धेश्यले काठमाडौंको बल्खुमा इस्लामिक सांस्कृतिक केन्द्र स्थापना गरिएको छ ।
नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै नेपालमा रहेका धार्मिक समूदायबीच थप घनिष्ठ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
मुस्लिम समुदायमा रहेको कुरीति, अन्धविश्वासलाई अन्त्य गर्दै सामाजिक, आर्थिक, शैक्षिक परिवर्तनको लक्ष्यलाई पूरा गर्न नवनिर्मित भवनबाट सहयोग मिल्ने उहाँको विश्वास छ ।
कार्यक्रममा इस्लामी संघ नेपालका अध्यक्ष खुर्शीद आलम इस्लाहीले सकारात्मक विचारको उत्थान र चरित्रवान समाजको निर्माणमा गरेर अगाडि बढ्नको लागि साँस्कृतिक केन्द्रले सहयोग गर्ने बताउनुभयो ।
इस्लामी संघ नेपालले इस्लामिक सांस्कृतिक केन्द्र भवन निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्