
काठमाडौं । प्रदेश–१ प्रदेशसभाको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा नियमावली २०७४ को नियम १ सय ८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो ।
प्रदेशसभा नियमावली २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले विधेयक सदनमा पेश गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले विधेयकमा तोकिएको बमोजिम र संघीय कानुनबमोजिम स्पष्टरुपमा उल्लेख भएकाले विधेयक किन आवश्यक छ भन्दै प्रदेशकै स्वामित्व अभिवृद्धि गर्ने हुनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य मोहनकुमार खड्काले शासन पद्धतिलाई कानुन र विधिबाटै व्यवस्थित बनाइने भएकाले विधेयक आमसञ्चारका लागि उपयुक्त भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्