१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


390
Shares

भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राधेराधेबाट सल्लाघारी आउँदै गरेको बा ४ ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारको क्रममा डा. इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौं माकलबारी बस्ने २८ वर्षीय सागर विक्रम थापालाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेले बताउनुभयो ।