१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसुवाको आमाछोदिङ्मोमा पार्वतीकुण्डको संरक्षण गर्न थालियाे


104
Shares

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा रहेको पार्वतीकुण्डको संरक्षण र सम्बर्द्धन गरिएको छ ।

कुण्डको वरीपरि फैलिएको झारलाई हटाएर कुण्डको संरक्षण गरिएसँगै कुण्ड फराकिलो भएको छ । बागमती प्रदेश सरकार पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तरगत ४० लाख रुपैयाँको आर्थिक सहयोग तथा आमाछोदिङ्मो गाउँपालिकाको प्राविधिक सहयोगमा कुण्डको सफाई गरिएको हो ।

२ हजार ५ सय मिटरको उचाईमा रहेको कुण्डमा आन्तरिक र बाह्य पर्यटकको समेत आर्कषण बढदै गएपछि कुण्डलाई स्थानीयले अहिले गहनाको रुपमा हेर्न थालेका छन् ।