
काठमाडौं । भारतको विद्युतीय सामग्री उत्पादक जिडी मोडुलरले घरायसी प्रयोजनका लागि विभिन्न स्वीचहरु नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर आफ्ना उत्पादनहरु नेपाली प्रयोगकर्तालाई लक्षित गरी बजारमा ल्याएको जनाएको छ । एसिया, अफ्रिका र युरोपेली मुलुकहरुमा आफ्ना उत्पादनहरु लोकप्रिय रहेको भन्दै कम्पनीले नेपाली उपभोक्ताले पनि ती उत्पादनहरु रुचाउने दावी गरेको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक कुमार पल्जिले छोटो समयमै नेपाली उपभोक्ताले आफ्ना उत्पादनहरु मन पराउने बताउनभयो । लामो समयको अनुसन्धानपछि कम्पनीले यी उत्पादनहरु बजारमा ल्याएको भन्दै उहाँले उपभोक्ताले गरेको लगानी खेर नजाने पनि दावी गर्नुभयो ।
कम्पनीका उत्पादनहरु नेपालमा डेल्टा मार्केटिङले आधिकारीक वितरकको रुपमा काम गर्ने बताइएका छ । कम्पनीले हाल विद्युतीय तार, घरायसी प्रयोजना विभिन्न पंखा उत्पादन गर्दै आएको छ ।
त्यस्तै, ब्लुतुथ स्पिकर, एलइडी लाइट, सुरक्षाका सामालगायतका उत्पादनहरु बजारमा उपलब्ध रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्