
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक अंकमा झरेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २ हजार ६ सय ५५ जनामा गरिएको परीक्षणमा जम्मा ८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २ सय १० जना निको हुँदा ४७ हजार ७ सय १ जनाले खोप लगाएका छन् ।
देशभर १ हजार ७ सय ५८ सक्रिय संक्रमित छन् । जसमध्ये १ हजार ७ सय १७ जना होम आइसोलेसन, ४१ जना संस्थागत आइसोलेसन, १९ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर कसैको पनि ज्यान गएको छैन ।
प्रतिक्रिया दिनुहोस्