२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीकाे दर्मिजाका तातोपानी कुण्डहरु व्यवस्थित बन्दै


234
Shares

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरु व्यवस्थित बनेका छन् ।

दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेिल्सयसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । प्राकृतिक तातोपानीमा डुब्दा छाला सम्बन्धी रोग, चोटपटक, सुन्निने जस्ता समस्याहरु निको हुने विश्वास रहेको छ ।

कुण्ड निर्माण गर्न जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले ३५ लाख रुपैयाँ सहयोग गरेको थियो । यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरुलाई बस्न मिल्ने स्थानहरुको निर्माण भइसकेको स्थानीय बताउँछन् ।

तातोपानी कुण्डको नजिक आर्कषक झरना समेत रहेको छ ।