१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत


715
Shares

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जनाएको हो । जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिईने जनाएको छ ।