१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै


65
Shares

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ ।

दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशको नाम र राजधानी अझै टुंगो लाग्न नसकेकाले बैठकमा सांसदहरूले प्रदेशको नाम र राजधानी टुङ्ग्याउन दबाब दिँदै आएका छन् ।