२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दिया उद्योग बाणिज्य संघको अध्यक्षमा थापाको प्यानल विजयी


2.301k
Shares

बर्दिया । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको अध्यक्ष पदमा केदार थापाको प्यानल विजयी भएको छ ।

अध्यक्ष एक , उपाध्यक्ष तीन, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, महिला-पुरुष सदस्य ४-६ गरी १७ सदस्यीय कार्यसमिति मतदान मार्फत निर्वाचित भएको निर्वाचन अधिकृत रविराज शर्माले जानकारी दिनुभयो।

कार्यसमितिमा अलग-अलग प्यानलबाट उम्मेदवारी दर्ता गरिएको थियो । अध्यक्ष पदमा निर्वाचित केदार थापाले ३ सय २ मत प्राप्त गर्नुभएको छ।

उहाँका प्रतिद्वन्दी यदुमणी शर्माले २ सय ४६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । ।