१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै


117
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

सिरिजमा नेपाल, पपुवा न्यूगिनी र मलेसियाको सहभागिता रहेको छ ।

सिरिज अन्तर्गत नेपालले पपुवा न्यूगिनी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

यसअघि पपुवा न्यूगिनीविरुद्धको एकदिवसिय सिरिजमा नेपाल २–० ले पराजित भएको थियो ।