९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा निस्किदै


91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा जान लाग्नु भएको हो ।प्रधानमन्त्री देउवासहितको उच्च स्तरीय भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुनेछ । त्यसैगरी भ्रमण दलमा परराष्ट्र मन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवा भारतको भ्रमण सकेर चैत २० गते स्वदेश फर्कनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय उपराष्ट्रपति बकैया नायडू र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुहुनेछ । त्यसै गरी भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । देउवाले भारत भ्रमणकै क्रममा उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ ।