
कैलाली । धनगढी उपमहानगरपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छलीका ३६ लाख रुपैयाँ बराबरका गरगहना बरामद गरेको छ ।
मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट भन्सार छलेर ल्याइएका ३६ लाख ८ हजार ३९० मूल्य बराबरका गहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिनुभयो ।
बरामद गहना राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्