१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थप २१ जनामा कोरोना


156
Shares

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३ सय ९ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १९ जना कोरोनामुक्त भएका छन् । सो अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको मन्त्रालयले जनाएको छ ।