१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको हरियाणा स्पोर्टस् क्लब प्रधानमन्त्री कप भलिबलको च्याम्पियन


1.404k
Shares

काठमाडौं । भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नेपालगञ्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो ।

लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।

त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्द सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
यस संस्करणमा एपीएफले भाग लिएको छैन । १० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो ।