१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएकाे ओलीकाे आरोप


169
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएकाे आरोप लगाउनुभएकाे छ ।

आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक-एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ ।

अब कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्छु भन्ने नचिताए र नसोचे हुने भन्दै गठबन्धन गरेरै आउन उहाँले चुनौती दिनुभयो। गठबन्धनमा विवाद हुने भएकैले उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय राख्न निर्वाचन आयोगलाई गुहारिरहेको समेत उहाँले टिप्पणी गर्नुभएकाे छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेपनि एमालेसँग भिड्न सहज नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीकाे दावी छ ।