
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
ओलीले भर्चुअल माध्यमबाट २०७४ को स्थानीय तहमा जितेका पार्टीका जनप्रतिनिधिहरसँग छलफल गरिरहनु भएको हो । आसन्न स्थानीय तहको निर्वाचनबारे ओलीले उनीहरुसँग कुराकानी गरिरहनु भएको हो । सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
एमालेले स्थानीय तहको चुनावी प्रतिवद्वता पत्रको तयारी सम्बन्धि विषयमा भर्चुअल छलफल गरेको हो । छलफलमा एमालेले जितेका स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको छ ।कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरूको पनि सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्