१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनका विषयमा प्रदेश सभापतिसँग काँग्रेसकाे छलफल


208
Shares

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनका विषयमा पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो । सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ । नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिका सदस्य समेत रहनु भएका सहमहामन्त्री बद्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताउनुभयो ।