
काठमाडौँ । लगानी बोर्डले १४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरी सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त सिमेन्ट आयोजना निर्माण, सञ्चालन एवंम व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न जर्मनीको दियाग इन्डस्ट्रिजलाई अनुमति दिने निर्णय पनि लगानी बाेर्डले गरेको छ । त्यस्तै, बाेर्ड बैठकले ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको डीपीआर पनि स्वीकृत गरेको छ ।
त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमाानस्थल आयोजनाको विकास तथा लगानीको ढाँचा पनि स्वीकृत गरेको भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्