६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बेनी–जोमसोम सडकको समय तालिका हट्यो


182
Shares

काठमाडौं । बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समयतालिका हटाइएको छ ।

बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक ६ घण्टा सवारी साधन आवतजावत बन्द गरेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा यही चैत २६ गते चैते दसैंसम्मका लागि समय तालिका हटाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महाभीर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर स्तरोन्नतिको काम गर्न समय तालिका बनाइएको थियो ।

चैते दसैंको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ ।