
बासुदेव बर्मा/ईमेज:
कपिलबस्तु, असार २ । देशभरका ईस्लाम धर्मावलम्वीहरुको महान पर्व इदऊल फित्र कपिलवस्तुका मुस्लिमहरुले धुमधामको साथ मनाएका छन् ।
ईदुल फित्रको अवसरमा जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लीम समुदायका महिला र पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।
एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँच पटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लिमहरुले शुक्रवार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् ।
यसअवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सवै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदन प्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसंग ईद मनाएका हुन ।
त्यस्तै कपिलबस्तु नगरपालिका १ आदर्शटोल स्थित रहको मदरसामा भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसंग दुवा मागेका थिए ।
उता ईद उल फित्रको शुभकामना आदन प्रदान गर्न कपिलबस्तु नगरपालिकाको बस पार्क नजिक रहेको ईदगाहमा कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता, बिद्यायक धर्म बहादुर लाल श्रीवास्तव, कपिलबस्तु नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगायत वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
इस्लामिक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमिकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लिमहरुले मनाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्