१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनएमा राजनीतिक चलखेल छैन : महासचिव पौडेल


52
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको दाबी गर्नुभएको छ ।

महासचिव पौडेलले राजनीतिक दल वा संघसंस्थासँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताउनुभएको हो ।

संघले अबका दिनमा नेपालको समृद्धिमा सहयोग गर्ने, विदेशमा बस्ने नेपालीहरूलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता लिइराख्न सक्ने व्यवस्था बनाउने लगायतका कामलाई सहजीकरण गर्नेतर्फ केन्द्रित रहने पौडेलको भनाइ छ ।

महासचिव पौडेलले सबै दल, सरकार र संघसंस्थासँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनुभयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने उहाँको दाबी छ ।

महासचिव पौडेलले आगामी कार्ययोजना र उद्देश्य प्राप्तिका लागि संघले पदाधिकारीसँग छलफल गरेर असामान्य देखिएको विगतको स्थितिलाई सामान्य बनाउने र छवि सुधार गर्नेप्रति ध्यान दिने बताउनुभयो ।