१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री यादव

'लाेसपासँग विचार, मन र नियत तीनै कुरा मिल्दैन'

156
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी, नेपालको नेतृ समेत रहनु्भएकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरूबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने स्पष्ट पार्नुभयो ।

शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

विचार, मन र नियत तीनै कुरा नमिल्ने पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो ।

‘अहिले हामी गठबन्धन सरकारमा छौं, विभिन्न ठाउँमा परिस्थितिवश् हाम्रो गठबन्धन भएर अगाडि बढ्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि सम्भावना समाप्त हुँदैन राजनीतिमा हरेक सम्भावना परिस्थितिबश अगाडि बढ्छ, लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौं तर विचारै हामीसँग मिल्दैन ।’

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहो¥याउनुभयो । परिस्थितिअनुसार विभिन्न दलहरूसँग चुनावी तालमेल गर्दै अघि बढ्ने उहाँको भनाइ छ ।