
काठमाडौं । नेपालमा कोरोनाका २२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा विभिन्न देशैभर गरेर ३ हजार ८ सय ३५ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्