१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली हुने


117
Shares

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको र्‍याली हुने भएको छ ।

चैत्र १९ गते शनिबारबाट सुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत् केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना हुने भएको हो ।

विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताउनुभयो ।

दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ । जसले रोबोटको माध्यमबाट जलविद्युत्को टनेल खन्ने काम गर्नेछ । उहाँले रोबोटीक कार्यक्रमले जलविद्युतको टनेल खन्ने कुराको प्रचार समेत हुने बताउनुभयो ।

कार्यसमिति सदस्य दुलालले एक्स्पोमा ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गरिने बताउनुभयो ।

सदस्य दुलालले एक्स्पोमा विद्युतीय विषयहरूको बारेमा नीतिगत छलफल गरिने बताउनुभयो ।

एक्स्पोको दोस्रो दिन विद्युतीय खाना पकाउने चुलो, र विद्युतीय साधनहरुको बारेमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ ।