२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बर्दियामा निर्वाचनका लागि मतदाता संख्या सार्वजनिक


1.56k
Shares

बर्दिया । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा मतदाता संख्या सार्वजनिक गरेको छ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा बर्दिया जिल्ला भर कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेकाे जनाएकाे छ । जसमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख ५८ हजार ६ सय ६२ महिला छन रहेका छन् । साथै अन्य ६ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका ८ पालिका मध्य गेरुवा गाउँपालिकामा सबैभन्दा कम २५ हजार ७ सय ६१ जना मतदाता छन भने बर्दिया नगरपालिकामा सबैभन्दा बढि ४९ हजार ५ सय ३६ जना मतदाता रहेका छन् । जिल्ला भर १५३ वटा मतदान केन्द्र रहने छ भने ३७१ वटा मतदान स्थल रहने निर्वाचन कार्यलयले जनाएको छ ।

जिल्लामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका ६ वटा र नगरेका २० वटा दल सूचीकृत भएकाले स्वतन्त्र बाहेक २६ वटा दलले स्थानीय निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन अधिकारी कृष्ण केसी कुँवरले बताउनुभयो ।