
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँगै नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सधैँ दृढ साथी रहने बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको जिकिर गर्नुभयो ।
दुई देशबीचको सम्बन्धनको आधार भनेको दुई जनताको आपसी सम्बन्ध रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा आफूबीच विभिन्न विषयमा सार्थक वार्ता भएको जानकारी दिनुभयो ।
उहाँले दुई देशबीच सहयोगका विभिन्न विषयमा समीक्षा गर्दै भविष्यको सहकार्यको रूप रेखाबारे पनि चर्चा भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्