
सर्लाही । जिल्लाको घना जंगलमा तस्करहरूले छानीछानी सालका रुख कटान गरिरहेका छन् ।
हरिपुर–१ र हरिवन–६ मा पर्ने जानकीनगर साझेदारी वनमा व्यापक रूपमा सालका रुखहरूको चोरी तस्करी बढेको छ ।
साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।
वन निगरानीमा कमी आएपछि पछिल्लो समय काठको चोरी तस्करी बढेको साझेदारी वनका अध्यक्ष रामविश्वास रायले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्