
काठमाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । मछिन्द्रले मंगलबार ब्लु स्टारसँग प्रतिस्पर्धा गर्र्दैछ ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ ।
मछिन्द्रसँगको खेलका लागि ब्लु स्टारका खेलाडी नेपाल आईसकेका छन् । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो ।
प्रतिक्रिया दिनुहोस्