१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेल उद्घाटनपछि पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया– ‘हामीले बिरालो बाँधेर श्राद्ध गनैपर्छ ?’


6.474k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेलसेवाको शुरुवात गर्दा गरिएको तडकभडकप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।

शनिबार भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा रेलसेवाका उद्घाटन गर्नुभएको थियो । सो क्रममा रेलललाई फूलमालाले सजाइएको थियो ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डा. भट्टराईले पुर्खाको पालामा अहिलेको विज्ञान र प्रविधि नभएकाले पूजा गर्ने, पाठ गर्ने र बली चढाउने गरेको भन्दै अहिलेको पुस्ताले पनि बिरालो बाँधेर श्राद्ध गर्नुपर्ने हो भन्दै प्रश्न गर्नुभएको छ ।

‘रेलसेवा शुरु गर्दा रेल मालाले छोप्ने ! नयाँ प्लेन आउँदा उसको पूजा गर्ने ! भवनको शिलान्यास गर्दा पूरोहितद्वारा पाठ गराउने ! प्रमनिवास प्रवेश गर्दा कालो बोका काट्ने ! आदि इत्यादी,’ उहाँ लेख्नुहुन्छ, ‘हाम्रा पुर्खाको पालामा अहिलेको विज्ञान–प्रविधि भएको भए के गर्दा हुन् ? हामीले बिरालो बाँधेर श्राद्ध गर्नैपर्छ ?’

सामाजिक सञ्जालमा सक्रिया पूर्वप्रधानमन्त्री भट्टराई सामाजिक र राजनीतिक विषयमा टिप्पणी गरिरहनुहुन्छ । कतिपय समयमा उहाँलाई आफ्नै टिप्पणीका कारण आलोचितसमेत बन्ने गर्नुभएको छ ।