१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुडिरहेको ट्याक्टरबाट खसेर युवक र युवतीको मृत्यु


364
Shares

काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ ।

जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

यसैगरी, तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालक इलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन् ।