९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


‘नेपाल एक संक्रमणकालीन देश’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २५ । डिल्लीरमण कल्याणी रेग्मी फाउन्डेसनले ‘नेपाल एक संक्रमणकालीन देश’ नामक पुस्तक बजारमा ल्याएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

प्राध्यापक उपेन्द्रमान मल्ल, मधुकरशमशेर राणा, डा. अभि सुवेदी र द्वारिकानाथ ढुंगेललगायतले उक्त पुस्तकमाथि टिप्पणी गरे ।

पुस्तकमा देशले भोगेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वैदेशिक सम्बन्धमा आएको संक्रमणकालीन अवस्थाबारे चित्रण गरिएको छ ।