
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गर्नुभएको छ ।
राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेको सचिवालयले जनाएको छ । अब पाकिस्तानमा ९० दिनभित्र आम चुनाव हुनेछ । यसअघि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।
यस्तै, आजै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको थियो । संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानविपरीत रहेको भन्दै अविश्वास प्रस्ताव खारेज गर्नुभएको थियो ।
यसैबीच पाकिस्तानी सेनाले आफूहरु राजनीतिबाट टाढै रहेको बताएको छ । सेना प्रमुख मेजर जनरल कमर जावेद बाजवाले सो कुरा बताउनु भएको हो । पाकिस्तानको ७३ वर्षभन्दा लामो इतिहासमा सेनाले आधाभन्दा बढी समय देशमा शासन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्