२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फाइनलमा शतप्रतिशत दिएर खेल्छौं : कप्तान लामिछाने


364
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् ।

फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए ।

‘फाइनल खेल निकै नै महत्पूर्ण छ, हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने ।

नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको फाइनल खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो साठे १२ बजे सुरु हुनेछ ।

त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो ।

शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ ।

यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलिसमेत प्रतियोगिता जित्न खेल्ने बताए ।