१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैत २३ गते ‘इन्टरनेशनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम हुने


65
Shares

काठमाडौं । पर्यटन प्रवर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित यही चैत २३ गते लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने जनाएको हो । बुद्ध जन्मभूमि लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषले सहयोग गर्नेछ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ का दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेकोथियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको होे ।

साेही अनुसार यो दिन विश्वमा विभिन्न कार्यक्रम हुँदै आएको छ ।