२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अर्घाखाँचीमा टाइफाइडविरुद्व खोप अभियान सञ्चालन


260
Shares

अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालयले टाइफाइड रोगविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोपसँगै नियमित खोपलाई प्रभावकारी बनाउनका लागि कार्यालयले चैत्र २५ गतेदेखि वैशाख १८ गते सम्म स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो ।

१५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने यो अभियान जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावकारी बनाइने छ ।

जिल्लाभरमा ४६ हजार ९ सय ३३ लाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।

तीन नगरपालिका र तीन गाउँपालिकामा ४ सय २३ खोप केन्द्र तोकिएको छ । खोपका लागि ५ सय १३ स्वास्थ्यकर्मी र ८ सय ४६ स्वंयमसेवीका परिचालन गरिने छ ।