२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढीमा ज्यान गुमाएकाहरूको आत्मा शान्तिका लागि महायज्ञ


65
Shares

मेलम्ची । हेलम्बुमा गत असार १ को बाढीमा परी ज्यान गुमाएकाहरूको आत्मा शान्तिको लागि सामूहिक सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ थापाटारमा रहेको ईच्छेश्वर महादेवको मन्दिर परिसरमा बाढीमा गरेकाहरूको आत्मालाई शान्ति र सिद्धीका लागि ज्ञान, जप, पाठ पारायण तथा होम गरिने पण्डित नेत्र भट्टराईले जानकारी दिनुभयो ।

गत असार १ र साउन १६ गते आएको बाढीले हेलम्बु गाउँपालिकामा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको थियो । स्वामी ज्ञानानन्द सरस्वती १००८ ले सोमबार नवनिर्मीत मन्दिरको उद्घाटन गरेसँगै महायज्ञ सुरु भएको छ ।

धर्मप्रतिको आस्थालाई बचाइराख्न र बाढीमा परी ज्यान गुमाउनेहरूको आत्मा शान्तिका लागि महायज्ञको आयोजना गरिएको मन्दिर निर्माणका अभियन्ता तथा सामुहिक सप्ताह ज्ञान महायज्ञका संयोजक नयन बहादुर पण्डितले बताउनुभयो ।

पण्डितले मन्दिर निर्माणका लागि व्यक्तिगत रूपमा १५ लाख रूपैयाँसमेत दान गर्नुभएको छ ।