१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काष्ठमण्डपको पुनर्निर्माण पूरा, राष्ट्रपतिद्वारा लोकार्पण


156
Shares

काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौंको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको लोकार्पण गर्नुभयो । मरुसत्तलको रूपमा पनि चिनिने काष्ठमण्डपको बीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ ।

भूकम्पले पुराना मूर्तिहरू टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ । तर नयाँ मूर्ति राख्न लागिएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत माघ ३ गते नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो ।

मुद्दाको किनारा नलागेकाले पुनर्निर्माण सम्पन्न भए पनि पुनर्निर्माण पक्षले उद्घाट्न नभनि लोकार्पण भनेको छ ।

पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले लोकार्पण गर्न नरोकिने तर्क गर्नुभयो ।