१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल लाइफले शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने


117
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ ।

इन्स्योरेन्सको सोमबार वीरगञ्जमा सम्पन्न २१औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोडमाथि पुग्ने कम्पनीले जनाएको छ ।